काठमाण्डौ । बुलिस ट्रेण्डको बजारमा लगानी गर्नेहरुले केही दिनको अन्तरालमै नसोचेको रिटर्न पाइरहेका छन् ।
प्रत्येक दिनजसो कतिपय कम्पनीको मूल्यमा प्रत्येक दिनजसो उछाल आइरहेको छ । जसका कारण लगानी गरेको छोटो समयमै लगानीकर्ताले मोटो रिटर्न हात पारिरहेका छन् ।
अघिल्लो बिहीबारदेखि यो बिहीबार(हिजो)को कारोबार मूल्यका आधारमा हामीले यो एक साताको तुलनामा कुन कम्पनीका लगानीकर्ताले कति कमाए भन्ने विषयमा तुलनात्मक अध्ययन गरेका छौ ।
बिजशालाको अध्ययनको क्रममा यो एक सातामा सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका देखिएको छ । यो कम्पनीको सेयर मूल्य प्रत्येक दिनजसो उछाल आउँदा एक सातामै ४१.८१ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो बिहीबार यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ७७० रुपैयाँ रहेकामा हिजो(बिहीबार) बजार बन्द हुँदासम्मको मूल्य प्रतिकित्ता बढेर १०९२ रुपैयाँको उचाईमा पुगेको हो । एक सातामै यति ठूलो रिटर्न पाउने घटना संभवत दुर्लभ पनि हुनसक्छ ।
यसपछि नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले समेत कुस्त कमाएका छन् । एक सातामै यो कम्पनीको सेयर मूल्यमा १६ प्रतिशत बढीको रिटर्न हात पारेका छन् । अघिल्लो बिहीबार यो कम्पनीको अन्तिम बिक्री मूल्य ७१८ रुपैयाँ रहेकोमा त्यो बढेर यो साता ८३४ प्रतिकित्ताको उचाईमा पुगेको छ । यो हिसाबले कम्पनीको सेयर मूल्यमा एक साताभित्रै १६.१५ प्रतिशतको बढोत्तरी भयो भन्ने हो ।
त्यसपछि ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कुस्त कमाए भन्ने देखिन्छ । यो कम्पनीको अघिल्लो बिहीबारको अन्तिम बजार मूल्य प्रतिकित्ता ११५ रुपैयाँ रहेकोमा बढेर हिजो(बिहीबार) १३२ रुपैयाँको उचाईमा पुगेको छ । यो भनेको १४.७८ प्रतिशतको बढोत्तरी हो ।
यो अवधिमा आकर्षक लाभांश वितरणको प्रस्तावका कारण मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत उछाल आएको देखिएको छ । अघिल्लो साता दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३०५ रहेकोमा बढेर ३४२ रुपैयाँ पुगेको छ । यो भनेको १२.१३ प्रतिशतको बढोत्तरी हो ।
यो अवधिमा नेको इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल बने । यो कम्पनीको सेयर मूल्य एकसातामै १०.०५ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो साता प्रतिकित्ता ५०७ रुपैयाँ रहेको दोश्रो बजार अन्तिम बिक्री मूल्य यो साताको बिहीबार बढेर ५५८ रुपैयाँ पुगेको छ ।
यो अवधिमा कर्णाली डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर कम्पनी लिमीटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले समेत कुस्त कमाए ।
समीक्षा अवधिमा यी तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको मूल्यमा ९.३४ प्रतिशत, नेपाल हाइड्रोको मूल्यमा ९.४३ प्रतिशत र तिनाउ मिसन डेभलपमेन्ट बैंकको मूल्यमा ९.१९ प्रतिशतको बढोत्तरी भएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ८.१० प्रतिशतको बढोत्तरी भयो ।
यो अवधिमा २६ वटा सूचिकृत कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले बढोत्तरी भयो । ५ प्रतिशतदेखि ८ प्रतिशतभन्दा कमसम्म कमाउने सूचिकृत कम्पनीहरु, उनीहरुको मूल्य तुलना र फरक प्रतिशत तलको टेवलमा हेर्नुहोस्:
समीक्षा अवधिमा मल्टिपर्पस फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । यो अवधिमा कम्पनीको सेयर मूल्यमा १०.६९ प्रतिशतको गिरावट आएको छ । अघिल्लो बिहीबार यो कम्पनीको अन्तिम बजार मूल्य १५९ रहेकोमा घटेर हिजो १४२ मा सीमित बन्न पुगेको छ ।
यो अवधिमा प्रभू बैंकको मूल्य पनि ७.१९ प्रतिशतले घटेको छ भने समता माइक्रोफाइनान्सको मूल्यमा पनि करिब १० प्रतिशतको पहिरो गएको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago