काठमाण्डौ । धितोपत्रको दोस्रो बजार यो सातादेखि प्राकृतिक रुपमा चलेको देखिन्छ ।
बजारको गतिविधिलाई प्राविधिक चश्माबाट हेर्नेहरुले समेत अबको बजारको दिशा उकालो नै हुने बताइरहेका छन् ।
अघिल्लो साता निकै उत्तारचढाव व्यहोरेको बजारमा यो सातादेखि कारोबार रकममा पनि सुधार भइरहेको छ । यस्तो बेलामा सामान्य तथा नयाँ लगानीकर्तामा सेयरमा लगानी गरे के होला भन्ने द्विविधा देखिन्छ । यही द्विविधालाई हटाउन सहयोग होस् भन्ने उद्देश्यले अबको बजारको दिशाको विषयमा बिजशालासँग प्राविधिक विश्लेषण विष्णु बस्यालले आफ्नो विश्लेषण सेयर गरेका छन् ।
बस्यालले अबको १ महिनाभित्र नेप्से परिसूचक १४००-१४६० पुग्ने प्रक्षेपण गरेका छन् ।
लकडाउनपछि खुलेको बजारमा गत साता निकै नै उतारचढाव भएको र बजार खोल्नुअघिको अन्यौललाई चिर्दै बजारले अबको दिशा उकालो नै तय गरेको उनले ठोकुवा समेत गरे ।
नेप्से परिसूचक ११५० लाई बटम बनाएर बजारले रिकभर गरिसकेको उल्लेख गर्दै बस्याल भन्छन्-'अहिले पनि उचित र प्राइम मूल्यमा लगानीकर्ताले सेयर लगानी गर्न उत्साहित भएको देखिन्छ । एक महिनाभित्र प्राविधिक रुपले नेप्से परिसूचक १४००-१४६० पुग्ने प्रबल सम्भावना देखिन्छ ।'
यही बीचमा केही करेक्सन देखिने उनको दाबीसमेत छ।
कारोबार रकम र सेयर कारोबार पूर्ण समय हुनुले समेत बजार जुनसुकै हालतमा माथि नै जाने जिकिर गरेका बस्याल ११५० नै बलियो सपोर्ट भएको बताउँछन् ।
बजारको दीर्घकालीन दृश्यलाई ठम्याउन मुश्किल परिरहेको, तर अल्पकालीन रुपमा अब बजारको दिशा भने माथि नै जाने उनको ठम्याइँ छ।
बस्याल केही ठूला र बलिया बैंक तथा बीमा सेक्टर आगामी दिनमा बजारमा चल्ने सेयर भएका सुझाउँछन् ।
बीमामा पनि निर्जीवन बीमा कम्पनीहरुले प्रिमियम रकम संकलन र नयाँ पोलिसी ल्याइरहेकाले निर्जीवन बीमा कम्पनीका सेयरमा उछाल आउने उनको प्रक्षेपण छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago