काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न ७ दिनको समयसीमा दिएकी हुन्। योसँगै मुलुकले अबको एक साताभित्र नयाँ सरकार पाउने भएको छ।
संविधानको उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै प्रमुख राजनीतक दल र नेताहरु नयाँ सरकार गठनमा केन्द्रित हुने भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19