 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि एक लघुवित्तसहित ३ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले स्वाभिमान लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब प्रतिकित्ता स्वाभिमान लघुवित्तको १०५० रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सको ४००.६८ रुपैयाँ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४०८.७६ रुपैयाँ कायम भएको छ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता स्वाभिमान लघुवित्तको १२६० रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सको ४१४ रुपैयाँ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।
यी तीनै कम्पनीले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ आज चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही चैत १६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कम्पनीको चुक्तापुँजी कुल ३.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश छन्।
यसैगरी हिमालयन एभरेस्ट इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २.७५ प्रतिशत बोनस सेयर र २.७५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
उता स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा यही चैत ११ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा बिहान ११ बजेबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने २ करोड ५६ लाख ३८ हजार ३४७.३७ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने २ करोड ४३ लाख ५६ हजार ४३० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने १२ लाख ८१ हजार ९१७.३७ रुपैयाँबराबरको नगद लाभांश छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19