काठमाण्डौ । ह्युमन इम्युनोडेफिसियेन्सी भाइरस (एचआईभी) मा शोध गरेका अमेरिका प्रख्यात वैज्ञानिक विलियम हेसलटाइनले कोरोनाभाइरसको भ्याक्सिन छिटै विकास हुने सम्भावना नरहेको बताएका छन्। 

विलियमको क्यान्सर, एचआईभीजस्ता रोगको अनुसन्धानमा गरेको कामबाट निकै चर्चा रहेका थिए। उनले यो भाइरसको भ्याक्सिन विकासको प्रतीक्षा गर्नु बेकार हुने बताएका छन्। ‘किनकि कोरोनाविरुद्धको भ्याक्सिन छिटै आउने सम्भावना छैन’, उनले भने। 

भ्याक्सिन विकासको प्रतीक्षा गर्नुभन्दा पनि संक्रमित पहिचान गरी उचित व्यवस्था गर्नतिर लाग्न विलियमले सुझाव दिएका छन्। उनले भने, ‘अहिले आवश्यकता भनेको सही तरिकाले संक्रमितको पहिचान गर्नु नै हो र भाइरसलाई आइसोलेसनका माध्मबाट रोक्नु नै हो।’ 

अमेरिकी सरकारलाई परामर्श दिँदै विलियमले यदि शीर्ष नेताहरु भ्याक्सिन विकास हुन्छ अनि त्यही हिसाबले लकडाउनमा जारी गरिएका प्रतिबन्धमा छुट दिने तयारीमा छन् भने यो बाटो गलत हुने बताए। उनले प्रभावकारी उपचार वा भ्याक्सिन बिना पनि यो भाइरसलाई कन्ट्रोल गर्न सकिने बताए। ‘यसका लागि संक्रमितलाई सही ढंगले पहिचान गर्न आवश्यक छ’, उनले भने, ‘तिनलाई आइसोलेसनमा राख्नु अति महत्वपूर्ण काम हुनेछ।’

लगाता हात धुनु, मास्क लगाउनु, सबैभन्दा बढी प्रयोग हुने चिज र ठाउँलाई सफा राख्नु पनि यो भाइरसलाई कम गर्ने उपाय हुन सक्ने विलियमले बताए। ‘चीन र अन्य एसियाली मुलुकहरुले यी विकल्पहरुलाई रणनीति हिसाबले लागूगरेका छन्’, उनले भने, ‘तर अमेरिकामा यस्तो देखिएको छैन, जब कोही मानिस कोरोनाबाट संक्रमित हुन्छन् अनिमात्र आइसोलेसनमा राखिएको पाइन्छ।’

विलियमले चीन, दक्षिण कोरिया र ताइवान यो भाइरसको संक्रमण दर घटाउन सफल भएको खुसी व्यक्त गर्छन्। जब कि अमेरिका, रुस र ब्रूाजिल यसमा विफल देखिएका छन्। – एजेन्सी