काठमाण्डौ । हिमालयन डिष्टिलरी (एचडीएल) को सेयर बिक्री गरेका डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज प्रालि (ब्रोकर नं. ४४) र इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल (ब्रोकर नं. ५३) ले क्लिन चिट पाएका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यी दुुई ब्रोकरलाई यस प्रकरणमा क्लिन चिट दिएको हो । बोर्ड स्रोतका अनुुसार यी ब्रोकरबाट एचडीएलको सेयर बिक्रीकर्ताको केवाईसी र अर्डर फर्म मगाइएको र त्यसमाथि अध्ययन गर्दा कुनै त्रुटि नभएको पाइएपछि क्लिन दिनुपरेको हो ।
दोस्रो बजारमा एचडीएलको सेयर बिक्रीका विषयमा नियामक निकाय बोर्डले गत साता ‘माथिल्लो दबाब’ कै भरमा यी ब्रोकरलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेको विषय बाहिर आए पनि भित्री कुरा चाहिँ ‘माथिल्लो दबाब’लाई थेग्न नसकेर पत्र पठाइएको रहस्य बोर्डकै एक उच्च अधिकारीले खोलेका थिए ।
केही समयअघि एचडीएलको सेयर बिक्री गर्ने डाइनामिकका अध्यक्ष मधु जोशीले करिब २ लाख कित्ता सेयर बिक्रीका लागि अर्डर आएको र बिक्रीबापतको रकम दिइएको दाबी गरेका थिए । उनले गत साता बोर्डले यो कम्पनीको सेयर बिक्रीबारे शंका गर्दै अर्डर फर्म र केवाईसी माग गर्दै पत्र पठाएपछि अविलम्ब अर्डर फर्म र केवाईसी पठाइएको जानकारी दिए ।
इन्भेस्टमेन्टका कार्यकारी निर्देशक सचिन्द्र पाण्डेले पनि सेयर बिक्रीको अर्डर आएपछि बेचेको बिजशालासँग बताए ।
पछिल्लो समयमा डाइनामिकले आक्रामक ढंगले व्यवसाय बढाइरहेको छ र यसैलाई रोक्न कुनै विरोधी ब्रोकरले आधारहीन पोल लगाएको हो कि भन्ने शंकासमेत बोर्डकै अधिकारीहरुले गरेका छन् । ती अधिकारीले भने, ‘छानबिनका क्रममा पोल लगाइएजस्तो कैफियत भेटिएन । हामी नियमित रुपमा कारोबार हुुने स्टकहरुको सूूक्ष्म निगरानी गर्दछौं, अनि अवाञ्छित क्रियाकलाप र शंकास्पद कारोबार भएमा अनुुगमनसमेत गर्छौं ।’
एचडीलले आजमात्र प्रकाशित गरेको दोस्रो त्रैमास वित्तीय विवरणअनुुसार यो कम्पनीले दोस्रो त्रैमासमा २५ करोड ३० लाख रुपैयाँ खुूद नाफा आर्जन गरेको छ । जुुन अघिल्लो वर्षको सोही अवधिको तुुलनामा करिब ३७ प्रतिशले बढी हो ।
एचडीएलले आक्रामक रुपमा व्यापार गरी एक आर्थिक वर्षमै दुई पटक लाभांश लगानीकर्तालाई वितरण गर्न सफल रहेको र यो कम्पनीको उत्पादनको मागसमेत बजारमा अधिक छ । लगातार बम्पर लाभांश दिने यो कम्पनीको सेयरमा लगानीकर्ताको बिछट्टै आकर्षण बढिरहेको देखिन्छ । सेयरको आपूर्ति कम भएका कारण समेत यो कम्पनीको सेयर किन्न लगानीकर्ता लालायित देखिन्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago