काठमाण्डौ । नेपालगन्जको चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत भएको छ। 

एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरुआत भएको हो। योसँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ।  

अनलाइन अपोइन्टमेन्ट प्लेटफर्मका साथ दर्ता र डाक्टरसँग भेट्न सजिलो बनाइएको छ। इसेवा मोबाइल वालेट एपभित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिति बुक गर्न र डिजिटल रmपमा तत्काल भुक्तानी गर्न सजिलो छ। 

अपोइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीहरुका लागि समयको राम्रो संगठन, नियमित बिरामीहरुको राम्रो फलोअप, कम लाइन र कम पर्खाइको समय हुनेछ। जसले अस्पतालमा र स्वास्थ्य संस्थाहरुमा हालको कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमहरुलाई पनि कम गर्दछ।

कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरु गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ। 

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।

कोजेन्ट हेल्थ र इसेवाद्वारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका १०० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेका छन्।