काठमाण्डौ । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ। 

नजिकिँदै गरेको दसैँ–तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ। यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्सका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंकका रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालले हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकमार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन्। यो सुविधा रेनोका देशभरका आधिकारिक डिलर र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ।

यसका साथसाथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ। यो योजनाअन्तर्गत रेनोका ग्राहकले ७ लाखसम्मको छुटको साथै इजी फाइनान्स, १ वर्षसम्म निःशुल्क सडक कर, २ वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरलगायतका लाभ पाउन सक्नेछन्।