काठमाण्डौ । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन एवम् त्यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू १५/१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पीडामा घाउमा मल्हम लगाउने उद्देश्यले सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको हो ।
उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट रू ५ लाख समावेश गरी रू १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत क्षेत्रहरू प्रभावित भइरहेको र यस्तो असहज परिस्थितिमा बैंकले उक्त रकम कोरोनाविरूद्ध लड्नका लागि प्रदेश सरकारहरुलाई प्रदान गरेको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा रू ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू यसअघि वितरण गरिसकेको छ । यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदुरी गर्नेहरूका परिवारलाई केही भए पनि राहत मिलेको बैंकले विश्वास व्यक्त गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago