काठमाण्डौ । एनआइसी एशिया क्यापिटलले आर्थिक वर्ष २०७९-८० मा १० करोड ४२ लाख रुपैयाँ बढी खूद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु. ५२.१० कायम गर्ने सफलता पाएको छ । 

एनआइसी एशिया बैंकको सहायक कम्पनीको रुपमा रही मर्चेन्ट बैंकिङ व्यवसायमा समर्पित क्यापिटलको चुक्तापूँजी रु. २० करोड रहेको छ । 

आ.व. २०७९-०८० अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँचवटा योजनाहरु संचालन गरिरहेको छ । 

संचालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल “एन आई सी एशिया ग्रोथ फण्ड” ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत र चांैथो वर्ष १३ प्रतिशत गरी हालसम्म ६५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

यस्तै, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत र तेश्रो वर्ष १३ प्रतिशत गरी हालसम्म ५१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । 

पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत र दोश्रो वर्ष ६ प्रतिशत गरी हालसम्म १६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८० मा क्यापिटलबाट संचालित योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य(न्याभ) रु.११.९८, “एन आई सी एशिया ब्यालेन्सड्फण्ड” को खुद सम्पत्ति मूल्य(न्याभ) रु.११.२८, पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य(न्याभ) रु. ११.१०, तेश्रो बन्दमुखी योजना “एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड”को खुद सम्पत्ति मूल्य (न्याभ) रु.१०.७४ तथा चौथो बन्दमुखी योजना “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड”को १०.६७ कायम गर्न सफल भएको छ ।

“एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड”ले आ.व. २०७९-८० का लागि १० प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ । 

नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरुमध्ये सबैभन्दा सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्नसक्ने पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान(एसआइपी) तथा सिस्टेमेटिक विथड्रल प्लान(एसडब्ल्यूपी) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईनमार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।