nic asia growth fund
काठमाण्डौ । तपाईलाई थाहा छ ? एनआइसी एशिया क्यापिटल लिमीटेडको म्युचुुअल फण्ड अन्तरगतको पहिलो स्कीम एनआइसी एशिया ग्रोथ फण्डमा लगानीको अवसर अझै खुल्ला छ नि । यो फण्डमा लगानीका लागि इच्छुक लगानीकर्ताले आगामी फागुन १३ गतेभित्र आवेदन दिनसक्नेछन् । मागेजति आवेदन परे फागुन १३ गते भन्दा अगाडि नै निश्कासन बन्द हुने भएकोले लगानीकर्ताले बेलैमा लगानी गर्दा उत्तम हुनेछ ।
क्यापिटलले फण्डको इकाई माघ २ गतेदेखि सार्र्वजनिक निश्कासन गरेको थियो । फण्डको इकाई पहिलो चरणमा सबै बिक्री नभएपछि फागुन १३ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको हो ।
एनआइसी एशियाको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा संचालन हुन लागेको ७ वर्षे बन्दमुखी यो स्किमले १० रुपैयाँ दरका १० करोड इकाई निश्कासन गरेको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । यसको अर्थ साथमा १ हजार रुपैयाँ हुनेले समेत म्युुचुुअल फण्डमा आवेदन दिन पाउनेछन् । चिया खर्चमा सामान्य कटौति गर्नसक्ने विद्यार्थीहरुले यो फण्डमा लगानी गरे अझ राम्रो हुनेछ ।
निश्कासित कुल इकाईमध्ये एककरोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकका लाग छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीका लागि खुल्ला गरिएको हो ।
यहीकारण यदि एनआइसीको यो फण्डमा समेत माग भन्दा बढी आवेदन परे १ अर्बको कोषको आकार १ अर्ब २५ करोडसम्म तन्काउन सकिनेछ ।
म्युचुुअल फण्डका इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु सम्पर्क गर्न सकिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago