काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआइसी एशिया क्यापिटल लिमिटेडले निश्कासन गरेको सामूहिक लगानी कोष, एनआइसी एशिया ग्रोथ फण्डका ८३।५२ करोड ईकाइहरु नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएकोे छ ।
सात वर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट २०७४ पुस ११ गते निष्काशन गर्नका लागि अनुमति प्राप्तभएको थियो भने माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।
ती ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सुचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोबार गर्न मिल्नेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिनसक्ने छन् ।
एनआइसी एशिया ग्रोथ फण्ड दोश्रो बजारमा “NICGF” नाममा कारोबार हुनेछ ।
म्युचुअल फण्ड संगै एनआइसी एशिया क्यापिटलले पुँजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा बिक्री प्रबन्ध, एकलाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चारवटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । एनआइसी एशिया क्यापिटलले निःशुल्क डीम्याट खाता साथै प्रथम वर्षको डिम्याट खाता संचालन शुल्क पूर्ण रुपमा नलाग्ने व्यवस्था गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19