काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको असार महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष व्यवस्थापक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल रहेका एआईबिएल प्रगति फन्ड र एनआईबिएल समृद्धि फन्ड–२ को वित्तीय विवरण सार्वजनिक भएको हो। असारमा यी दुवै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ। 

असारमा प्रगति फन्डको न्याभ बढेर १०.६८ रुपैयाँ पुगेको छ। जेठ न्याभ १०.२८ रुपैयाँ थियो। 

असारमा यो योजनाको धितोपत्रमा लगानी बढेर ६६ करोड ८७ लाख रुपैयाँ पुगेको छ। गत जेठसम्म धितोपत्रमा लगानी ६२ करोड १७ लाख रुपैयाँमा सीमित थियो।

यो योजनाको असारमा आय ५ करोड ४ लाख रुपैयाँ रहेको छ। गत जेठमा यो योजनाको व्यय २ करोड ८ लाख रुपैयाँ थियो। 

असारमा समृद्धि फन्ड–२को न्याभ बढेर ९.२७ रुपैयाँ पुगेको छ। जेठ न्याभ ९ रुपैयाँ थियो। 

असारमा यो योजनाको धितोपत्रमा लगानी बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। गत जेठसम्म धितोपत्रमा लगानी १ अर्ब २२ करोड रुपैयाँमा सीमित थियो।

यो योजनाको असारमा आय १० करोड ७२ लाख रुपैयाँ रहेको छ। गत जेठमा यो योजनाको व्यय ६ करोड ६१ लाख रुपैयाँ थियो।