काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी बिहीबारबाट विद्युतीय प्रणाली (अनलाइन) मार्फत डिम्याट खाता साथै मेरो सेयर दर्ता सेवा सुचारु गरेको छ।
लगानीकर्ता तथा अन्य सरोकारवालाको सल्लाह एवं सुझावलाई मध्यनजर गरी क्यापिटलले आफ्ना सेवाप्रवाहलाई झन्झटरहित सरल एवं सहज बनाउने उद्देश्य सहित हितग्राही खाता (डिम्याट अकाउन्ट) खोल्न तथा मेरो सेयर दर्ता अनलाइन प्रणालीमार्फत गर्न सकिने व्यवस्था मिलाएको हो।
यसअघि कम्पनीले विद्युतीय प्रणालीमार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना एनआईबिएल म्युचुअल फण्ड) का इकाइहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ। साथै आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्देै कम्पनीेले आगामी दिनहरुमा पनि विद्युतीय प्रणालीबाट आफ्ना सेवासुविधाहरु उपलब्ध गराउदै जाने जानकारी गराएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19