काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाइधनीहरुलाई लाभांश पुनःलगानी योजनामा सहभागी फेरि आग्रह गरेको छ। 

यो योजनामा सहभागी हुन क्यापिटलले गत चैत २४ गते सूचना प्रकाशित गरेको थियो। तसर्थ हालसम्म पनि यस योजनामा सहभागी नभएका इकाइधनीहरुलाई यथाशीघ्र सहभागी हुन क्यापिटलले पुनः आग्रह गरिएको हो। 

यस योजनाअन्तर्गत इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टीपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाइहरु खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसका साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने (बुक क्लोज) मितिका दिनसम्म लाभांश पुनःलगानी योजनाअन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीहरुका लागिमात्र यो सुविधा प्राप्त गर्न योग्य हुने क्यापिटलले जनाएको छ। 

लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रक्रिया

१. एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरुमार्फत फाराम भरी योग्य इकाइधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन्। 

२. योग्य इकाईधनीहरुले अनलाइन लिंक https://mutualfund.niblcapital.com मा गई लाभांश पुनःलगानी योजना दर्ता फाराममार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नेछन्। 

३. आफ्नो हितग्राही खातामा रहेको ई–मेल ठेगानामार्फत निम्नबमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ई–मेल पठाउन सक्नेछन्। 

ई–मेलमा उल्लेख गर्नुपर्ने विवरण

ई–मेल विषय : लाभांश पुनःलगानी योजना

ई–मेल ठेगाना : drep.mutualfund@niblcapital.com

इकाइधनीको पूरा नाम :

इकाइधनीको हितग्राही खाता नं :

इकाइधनीको सम्पर्क नम्बर :