काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना एनआईबिएल सहभागिता फन्डले ल्याएको तत्काल लगानी वृद्धि योजनाका विजेताहरु आज साउन १५ गते घोषणा गरिँदैछ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस फन्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा योजना व्यवस्थापकले लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत असार २० गतेदेखि असार २४ गतेसम्मका लागि ल्याएको थियो। उक्त योजनाको विजेताहरुको घोषणा आज बिहान ११ बजेदेखि १२ बजेसम्म गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिँदैछ।
विजेताहरुलाई पूर्वनिर्धारित नियम र सर्तहरुअनुसार पुरस्कार पनि वितरण गरिने स्रोतले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19