काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको पहिलो सामूहिक लगानी योजना ‘एनआईबिएल समृद्धि फण्ड–१’ मिति २०७८÷०९÷२२ गते परिपक्व भएको थियो । तसर्थ योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फन्ड–१ को स्वामित्वमा रहेको साधारण सेयर तथा ऋणपत्रहरु बोलकबोलका माध्यमबाट बिक्री गर्ने भएको छ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त साधारण सेयरहरु न्यूनतम मूल्य रु. १०० का दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु. १००० का दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ।

यसका साथै सेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघसंस्थाले आज माघ १३ गतेदेखि माघ २० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा आपूmले लिन चाहेका सेयर र ऋणपत्र दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ। 

थप विवरणका लागि तलको सूचनामा हेर्न सकिन्छ –