काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डको प्रतिफल घोषणा गरिएको छ।

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलको भदौ ९ गते अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८–७९ का लागि एनआईबिएल सहभागिता फन्डको लाभांश घोषणा गरेको हो।

बैठकले यो योजनाका इकाइधनीहरुलाई करसहित ७.२० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। 

यो प्रतिफल वितरणार्थ कम्पनीले भदौ ९ गते नै बुक क्लोजको गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो फन्डको लाभांश पाउन योग्य भएका छन्।

यो खुलामुखी योजना हो। यस योजनाका इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकमबराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्र रकमले हुन आउने थप इकाइ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।