काठमाण्डौ । ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ का इकाइहरु भोलि मंगलबार हुने भएको छ। 

यो योजनाका इकाइहरु योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँड गरिनेछ। बाँडफाँड कार्यक्रम बिहान ११ बजे राखिएको छ। 

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको ‘एनआईबिएल म्युचुअल फन्ड’का इकाइहरु गत पुस ७ गतेदेखि पुस २१ गतेसम्म बिक्री खुला गरिएको थियो। सार्वजनिक निष्कासन अवधिभरमा यस योजनामा ४५ लाख ८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताबाट कुल १ अर्ब ३२ करोडभन्दा बढीको इकाइ खरिदका लागि आवेदन परेको छ। 

वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पुँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बाबजुद यस योजनामा आमलगानीकर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ। 

दसवर्षे समयावधिका लागि जारी गरिएको ‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु नेपाल स्टक एक्सचेन्जमा उक्त समयावधिसम्म सूचीकृत भई दोस्रो बजारमा कारोबार गर्न सकिने योजना व्यवस्थापकले जनाएको छ।