काठमाण्डौ। एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु मंगलबार बाँडफाँड गरिएको छ। 

योजना व्यवस्थापक एनआईबिएसल एस क्यापिटलको कार्यालयमा यो योजनाका इकाइहरु बाँडफाँड गरिएको हो। 

यस योजनाका रु. १० अंकित दरका कुल १६ करोड इकाइ गत पुस ७ गतेदेखि पुस २१ गतेसम्म सार्वजानिक रुपमा बिक्री आह्वान गरिएको थियो। जसअनुसार कुल इकाइमध्ये बीज पुँजीबापत १ प्रतिशत अर्थात १६ लाख इकाइ योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल तथा १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाइ कोष प्रवर्द्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड)का लागि गरी कुल निष्काशन गरिने इकाइमध्ये ३ करोड २० लाख इकाइ सुरक्षित राखी बाँकी रहेको १२ लाख ८० लाख इकाइ बिक्री खुला गरिएको थियो। 

निष्कासन अवधिभित्र ४२ हजार ६० आवेदकमार्फत ९ करोड ९३ लाख ६७ हजार ९०० इकाइका लागिमात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार रुपैयाँ हुने भएको र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले बिज पुँजीका रुपमा ६३ लाख २१ हजार रुपैयाँ थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति २०७९ माघ ३ गते बाँडफाँड गरिएको छ। ६३ लाख २१ हजार रुपैयाँ थप गरी योजनाको आकार १ अर्ब ३२ करोड रुपैयाँ कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ।