काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरिएको छ। 

योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको हिजो (साउन ११ गते) बसेको सञ्चालक समितिको बैठकले एनआईबिएल सहभागिता फन्डका इकाइधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निर्ण पिनि गरेको छ। यसको अर्थ सो मितिसम्म कायम रहेका सम्पूर्ण इकाइधनीहरुमात्रै प्रतिफल पाउन योग्य हुने क्यापिटलले जनाएको छ। 

यो खुलामुखी योजना हो। यस योजनाका इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकमबराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सक्ने क्यापिटलले जनाएको छ। यसअघि यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाइधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाइ पठाइने पनि क्यापिटलले जनाएको छ। 

यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।