काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको साउन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल रहेका एनआईबिएल समृद्धि फन्ड २ र प्रगति फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। 

साउनमा समृद्धि फन्ड २ को प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर ९.१३ रुपैयाँमा झरेको छ। असारमा न्याभ ९.२७२ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ७१ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। असारसम्म सूचीकृत सेयरमा ७४ करोड ५८ लाख रुपैयाँ लगानी थियो। 

यसैगरी साउनसम्म ऋणपत्र तथा बन्डमा १२ करोड ७८ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १७ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ। 

यो योजना कुल लगानी साउनसम्म १ अर्ब २३ करोड रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी १ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा यस योजनाको कुल व्यय २ करोड १७ लाख रुपैयाँ रहेको छ। असारमा कुल आय १० करोड ७२ लाख रुपैयाँ रहेको थियो। 

साउनमा प्रगति फन्डको न्याभ पनि घटेर १०.४८ रुपैयाँमा झरेको छ। असारमा न्याभ १०.६८ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ४३ करोड ७६ लाख रुपैयाँमा सीमित बनेको छ। असारसम्म सूचीकृत सेयरमा ४९ करोड ४० लाख रुपैयाँ लगानी थियो। 

यसैगरी साउनसम्म सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १४ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ। असार यस्तो लगानी १४ करोड ४६ लाख रुपैयाँ रहेको थियो। 

यो योजना कुल लगानी साउनसम्म ५८ करोड ४४ लाख रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी ६३ करोड ८७ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा यस योजनाको कुल व्यय १ करोड ४४ लाख रुपैयाँ रहेको छ। असारमा कुल आय ५ करोड ४ लाख रुपैयाँ रहेको थियो।