काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीनवटै योजनाका प्रतिइकाइ खुद मूल्य (न्याभ) चैत महिना बढेको छ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक रहेका एनआईबिएल समृद्धि फन्ड–१, एनआईबिएल प्रगति फन्ड र एनआईबिएल सहभागिता फन्डका न्याभ फागुनको तुलनामा चैतमा बढेको हो। जसअनुसार चैतमा न्याभ बढेर समृद्धि फन्ड–१ को १५.५१ रुपैयाँ पुगेको छ। गत फागुनमा न्याभ १४.६९ रुपैयाँ रहेको थियो।
यो फन्डको कुल आय पनि बढेर ५१ करोड रुपैयाँ पुगेको छ। गत फागुनसम्म कुल आय ४२ करोड ८८ लाख रुपैयाँ रहेको थियो।
यस योजनाअन्तर्गत सेयरमा लगानी पनि चैतमा बढेर ६५ करोड ५१ लाख रुपैयाँ पुगेको छ। फागुनमा सेयरमा लगानी ५४ करोड ५९ लाख रुपैयाँमात्र थियो। कुल लगानी भने १ अर्ब ७ करोडरुपैयाँ पुगेको छ।
यो फन्डअन्तर्गत चैतसम्म प्राप्त भइसकेको आम्दानी ३० करोड ११ लाख रुपैयाँ रहेको छ। जुन फागुनसम्म २८ करोड ७२ लाख रुपैयाँ रहेको थियो।
यसैगरी चैतमा न्याभ बढेर सहभागिता फन्डको १७.६५ रुपैयाँ पुगेको छ। गत फागुनमा न्याभ १६.३२ रुपैयाँ रहेको थियो।
यो फन्डको कुल आय पनि बढेर ५८ करोड ४० लाख पुगेको छ। गत फागुनसम्म कुल आय ४० करोड ४० लाख रुपैयाँ रहेको थियो।
यस योजनाअन्तर्गत सेयरमा लगानी पनि चैतमा बढेर ९० करोड ८६ लाख रुपैयाँ पुगेको छ। फागुनमा सेयरमा लगानी ७५ करोड १६ लाख रुपैयाँमात्र थियो। कुल लगानी भने ९८ करोड ९३ लाख रुपैयाँ पुगेको छ।
यो फन्डअन्तर्गत चैतसम्म प्राप्त भइसकेको आम्दानी २४ करोड ८४ लाख रुपैयाँ रहेको छ। जुन फागुनसम्म २२ करोड ८८ लाख रुपैयाँ रहेको थियो।
यस्तै चैतमा न्याभ बढेर सहभागिता फन्डको १७.१२ रुपैयाँ पुगेको छ। गत फागुनमा न्याभ १५.८८ रुपैयाँ रहेको थियो।
यो फन्डको कुल आय पनि बढेर १७ करोड ७० लाख पुगेको छ। गत फागुनसम्म कुल आय १३ करोड ८५ लाख रुपैयाँ रहेको थियो।
यस योजनाअन्तर्गत सेयरमा लगानी पनि चैतमा बढेर २८ करोड ६७ लाख रुपैयाँ पुगेको छ। फागुनमा सेयरमा लगानी २३ करोड ७१ लाख रुपैयाँमात्र थियो। कुल लगानी भने ३८ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
यो फन्डअन्तर्गत चैतसम्म प्राप्त भइसकेको आम्दानी १० करोड ९४ लाख रुपैयाँ रहेको छ। जुन फागुनसम्म ९ करोड ९२ लाख रुपैयाँ रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19