काठमाण्डौ । एनआईबीएल सहभागिता फन्डमा सहभागी इकाइधनीहरुले प्राप्त गर्ने लाभांशबराबरको रकमबाट थप इकाइ खरिद गर्न दर्ता खुलेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईएमबल एस क्यापिट लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित यो खुलामुखी फन्डमा ‘लाभांश पुनः लगानी योजना’ पनि ल्याएको हो। यो योजनाअन्तर्गत इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डीपी शुल्क कट्टीपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाइहरु खरिद गर्न सक्ने सुविधा दिइएको छ।

यसअघि नै यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाइधनीहरुले भने पुनः दर्ता हुनु नपर्ने क्यापिटलले जनाएको छ।  

यही साउन २० गतेसम्म लाभांश पुनः योजनाअन्तर्गत नाम दर्ता गराउने यकाइधनीहरुमात्रै यो सुविधाका लागि योग्य मानिने क्यापिटलले जनाएको छ। 

यो योजनामा सहभागी हुन इकाइधनीहरुले क्यापिटलका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरुमार्फत तोकिएबमोजिमको फाराम भरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्।