काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया ग्रोथ फन्डको प्रति इकाइ खुद सम्पत्ति मूल्य (न्याभ) कात्तिक मसान्तसम्म बढेर १२.३९ रुपैयाँ पुगेको छ।

कात्तिक मसान्तको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरणअनुसार सात वर्षे यो योजनाको न्याभ ६५ पैसाले बढेको छ। गत असोजमा यो फन्डको न्याभ ११.७४ रुपैयाँ थियो।

एनआईसी एसिया क्यापिटल व्यवस्थापक तथा एनआईसी एसिया बैंक कोष प्रवद्र्धक रहेको यस योजनाको कात्तिकसम्म सूचीकृत र सूचीकृत नभएका धितोपत्रहरुमा लगानी बढेर ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ। असोजसम्म योजनाले यस्ता धितोपत्रहरुमा ८४ करोड १३ लाख रुपैयाँ लगानी गरेको थियो। 

यो फन्ड कात्तिकसम्म १९ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत असोजसम्म नाफा १४ करोड ३८ लाख रुपैयाँ थियो।

कम्पनीले सूचीकृत भएका २३ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ९ वटा जलविद्युत् कम्पनी, १३ वटा लघुवित्त, ५ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ३ वटा म्युचुअल फन्ड र अन्य समूहका २ वटा कम्पनीमा लगानी गरेको छ।