काठमाण्डौ । एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आपसमा गाभिएपछि आज आइतबारबाट एकीकृत कारोबार सुरु गरेका छन्।

दुई लघुवित्त आपसमा गाभिएपछि एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्तबीच गाभ्ने ÷गाभिने मर्जरसम्बन्धी समझदारीपत्रमा गत कात्तिक १९ गते हस्ताक्षर भएको थियो। मर्जरले गत कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो। गत पुस १० गते मर्जर गर्नेसम्बन्धी अन्तिम सम्झौता भएको थियो। सोही अन्तिम सम्झौता अनुसार गाभ्ने÷गाभिने (मर्जर) गर्नेका लागि दुवै संस्थाको गत माघ ४ गते छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट सम्पन्न गरिएको थियो। 

अन्तिम स्वीकृतिप्राप्त भएअनुसार एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबारको शुभारम्भ गरिएको एनआईसी एशिया लघुवित्तका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणि जोेशीले एक कार्यक्रमका बीच संयुक्त रुपमा  गरे। 

एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कुल १५० शाखा सञ्चालनमा छन्। स्वदेशी लघुवित्तको भने नेपालभरि ८५ शाखा सञ्चालनमा छन्। मर्जरपश्चात कुल शाखा संख्या २२३ पुगेको छ भने १ लाख ३५ हजारभन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ। 

मर्जरपश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी रु १५ अर्बभन्दा माथि पुग्नेछ। भविष्यमा उत्कृष्ट लघुवित्त बन्ने लक्ष्य साथ अगाडि बढेको संस्थाले यो मर्जरपश्चात अझ बलियो र  सबल भई उक्त लक्ष्य हासिल हुनेमा पूर्ण विश्वस्त रहेको जनाएको छ। 

मर्जरपश्चात ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्तको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्तापुँजी भएको देशकै एक ठूलो सबल, सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुनेछ।