काठमाण्डौ । एनआईसी एसिया बैंकले हिजो मंगलबार जारी गरेको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ विषयको प्रेस विज्ञप्तिका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बैंकले बुधबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी सत्यतथ्य प्रस्ट्याएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराएको छ । यो योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतनमात्र रहेकोसमेत बैंकले प्रस्ट पारेको छ ।
आम जनमानसलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस् भन्ने उद्देश्यले यो योजनालाई ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ भनी नामांकन गरिएको बैंकले जनाएको छ ।
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दति निक्षेप योजना हो । जसमा ग्राहकले आफ्नो भविष्यको विभिन्न योजनाका लागि चाहिने वित्तीय श्रोत जुटाउन मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा चाहिएको रकम जम्मा गर्न सकिन्छ ।
रिकरिङ्ग निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवम् पहिलादेखि नै सञ्चालनमा रहेको योजना रहेको र नेपालमा समेत केही बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजना सञ्चालन गरी निक्षेप स्रोत परिचालन गरिरहेका छन् ।
यो बैंकले सार्वजानिक गरेको ‘सुपर चमत्कारिक खाताहरु’ अन्तर्गत उक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दति खाता भएकोले ग्राहकले ३ महिनादेखि १० वर्षसम्मका लागि आफ्नो आवश्यकताअनुसार खाता खोल्न र मुद्दति निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago