काठमाण्डौ । हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ। वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ।
यस असहज परिस्थितिमा आफ्ना सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग गर्ने अभिप्रायले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ वैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (साँवा र ब्याज) वैशाख २४ गतेदेखि ३१ गतेसम्ममा बुझाउने ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना वैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो।
सोही योजनाअनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयका ४ हजार ६७६ ऋणी सदस्यहरुले संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाइ यस योजनामा सहभागी भएको संस्थाले जनाएको छ। उनीहरुले यस योजनामा सहभागी भएबापत ब्याजमा जम्मा १५ लाख १८ हजार २०२.४७ रुपैयाँ छुट प्राप्त गरेको पनि संस्थाले जनाएको छ। ‘ग्राहकहरुको ब्याज छुट रकम सम्बन्धित ऋणीको बचत खातामा जम्मा गरिसकेको छ’, संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो लघुवित्तले मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago