काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र आवेदन दिन म्याद लम्बिएको छ।
गत असार ६ गतेबाट बिक्री खुला गरिएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन छिटोमा असार ९ र ढिलोमा असार २० गते बन्द हुने भनिएको थियो। असार ९ गतेसम्म मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिन सकिनेछ।
यो ऋणपत्रका १ हजार अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरिएको छ। कुल निष्कासित इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री खुला गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएका १२ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।
धितोपत्र निष्कास तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते निष्कासनको अनुमति दिएको थियो। यस ऋणपत्रमा लगानीकर्ताले ८.५ प्रतिशत वार्षिक रुपमा ब्याज पाउनेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19