काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र आवेदन दिने आज असार २० गते अन्तिम दिन रहेको छ।
बैंकले गत असार ६ गतेबाट १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्रको निष्कासन गरेको छ। यो ऋणपत्रमा आ बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।
यो ऋणपत्रका १ हजार अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरिएको छ। कुल निष्कासित इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री खुला गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएका १२ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।
यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते निष्कासनको अनुमति दिएको थियो। यस ऋणपत्रमा लगानीकर्ताले ८.५ प्रतिशत वार्षिक रुपमा ब्याज पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago