काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँबराबरको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ इकाइहरु बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको काठमाण्डौ बबरमहलस्थित कार्यालयमा आइतबार एक कार्यक्रमबीच यस योजनाका इकाइहरु बाँडफाँड गरिएको हो। 

योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको यो इन्डेक्स फन्डका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको गत असार १९ गतेबाट असार १४ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ। यस योजनामा अत्याधिक माग भएको अवस्थामा यो फन्डको साइज १ अर्ब २५ करोड रुपैयाँसम्मको पुर्याइएको थियो। 

यस योजनामा ७१ हजार ३३८ आवेदकबाट १४ करोड ५४ लाख २३ हजार १७० इकाइ खरिदका लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। न्यूनतम १०० इकाइदेखि ४५ लाख इकाइसम्म माग गर्ने आवेदकहरुलाई माग गरेबमोजिम तथा ५० लाख इकाइदेखि १ करोड इकाइसम्म माग गर्ने आवदेकलाई ४९ लाख ३० हजार ६०५ इकाइका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।