काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा एनआईसी एशिया क्यापिटलको व्यवसाय उत्साहजनक देखिएको छ। 

सञ्चालनमा आएको छोटो समयमै मर्चेन्ट बैंकिङ क्षेत्रमा सफल मर्चेट बैंकरका रुपमा आफ्नो नाम स्थापित गर्न सफल एनआईसी एसिया क्यापिटलले मर्चेन्ट बैंकिङ व्यवसायमा तीव्र प्रतिस्पर्धा रहनु तथा कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमीजस्ता विषम परिस्थितिका बाबजुद समग्र व्यवसायमा उत्साहजनक प्रगति गरेको छ। 

आव २०७७/७८ को अपरिष्कृत वित्तीय विवरणअनुसार क्यापिटलले १० करोड ८१ लाख खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु. ५४.०५ कायम गर्न सफल भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५१.७५ प्रतिशतले बढी हो। 

समीक्षा अवधिमा विश्वव्यापी माहमारीको रुपमा फैलिएको नोबेल कोरोनाभाइरसको पहिलो तथा दोस्रोे लहरको संक्रमण देशव्यापी रुपमा फैलिरहेको थियो। उक्त महामारी तथा सोही प्रकृतिका अन्य महामारीको अवस्थामा क्यापिटलबाट प्रवाह हुने सेवालाई नियमित रुपमा सञ्चालन गरी ग्राहकको आवश्यकता र चाहनाअनुसारको सेवा उपलब्ध गराउनका लागि क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवालाई डिजिटलाइज गरी अनलाइनमार्फत सहज र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न मिल्ने व्यवस्था मिलाएको छ। सोहीअनुरुप क्यापिटलले डिम्याट खाता र मेरो सेयर खाता खोल्न, नवीकरण गर्ने, खुलामुखी योजनाको इकाइको खरिद पुनःखरिद तथा लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ। 

यसका साथै आगामी दिनमा लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाइको खरिदबिक्रीलगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाइज रुपमा उपत्यकाबाहिरबाट समेत अनलाइनमार्फत गर्दै लैजाने रणनीति लिएको छ।

समीक्षा अवधिमा क्यापिटलबाट सेवा लिने ग्राहकको संख्या बढेसँगै क्यापिटलबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाण्डौ उपत्यकाभित्र कीर्तिपुर, चाबहिल र अनामनगर काठमाण्डौमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ। यसका साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको छ।

म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरु

आव २०७७/७८ को अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत चारवटा योजना सञ्चालन गरिरहेको छ। जसअन्तर्गत तीनवटा बन्दमुखी योजना ‘एनआईसी एशिया ग्रोथ फन्ड’, एनआईसी एशिया ब्यालेन्सड् फन्ड’ र एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फन्ड तथा एउटा खुलामुखी योजना ‘एन आईसी एशिया डाइनामिक डेप्ट फन्ड’ छन्। पाँचौँ रु. १ अर्बबराबरको बन्दमुखी योजना ‘एनआईसी एशिया फेलेक्सी क्याप फन्ड’ नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन पेस गरेको छ। 

एनआईसी एशिया ग्रोथ फन्ड तथा एनआईसी एशिया ब्यालेन्सड् फन्डले सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद लाभांश वितरण गर्न सफल भएको छ। ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत गरी हालसम्म २२ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्सड्फन्डले सञ्चालनमा आएको पहिलो वर्षको ८ महिनाको अवधिमै ८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएकोछ। उक्त लाभांश वितरणपश्चात् समेत आव २०७७/७८ को अन्तमा एनआईसी एशिया ग्रोथ फन्डको खुद सम्पत्ति मूल्य (न्याभ) १८.७२ रुपैयाँ र एनआईसी एशिया ब्यालेन्सड् फन्डको न्याभ १७.२७ रुपैयाँ तथा पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फन्डको न्याभ ११.२६ रुपैयाँ कायम गर्न सफल भएको छ।

लगानी व्यवस्थापन सेवा

क्यापिटलले आव २०७७/७८ मा लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् विभिन्न योजनाहरु सञ्चालन गरी ४५६ जना ग्राहकबाट रु. १ अर्ब १२ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराएको छ। हालको बजारमूल्यका आधारमा गणना गर्दा उक्त रकम रु. १ अर्ब ५७ करोडभन्दा बढी रहेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५६ प्रतिशतले वृद्धि हो। क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत Income Guaranteed Fund, Priority Services, Share clinic जस्ता विशेष योजनाहरु सञ्चालन गरिरहेको छ। जुन सेवा अनलाइनमार्फत समेत लिन सकिन्छ।

निक्षेप सदस्य सेवा

क्यापिटलले निक्षेप सदस्य सेवाअन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आम जनतामाझ डिम्याट खाताको पहुँच सहज र सर्वसुलभ तरिकाबाट पुर्याउने मुख्य उद्देश्यका साथ विगतका वर्षदेखि नै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरिरहेको छ। यस अभियानलाई सहज र सर्वसुलभ रुपमा आमजनतामाझ पुर्याउन एनआईसी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका ३६० शाखा कार्यालय तथा ७० वटा विस्तारित काउन्टरबाट समेत डिम्याट खाता खोल्ने, सेयरको अभौतिकीकरण गर्नेलगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

समीक्षा अवधिमा डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भइरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू–भागबाट समेत अनलाइनमार्फत डिम्याट खाता खोल्ने ग्राहकलाई १ घन्टाभित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने व्यवस्था मिलाएको छ। क्यापिटलले आव २०७७/७८ को अन्त्य सम्ममा ४ लाख ७ हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याका आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ। क्यापिटलले समग्र बजारको १०.८३ प्रतिशत हिस्सा ओगटन सफल भएको छ। हाल क्यापिटलले एक नेपाली, एक डिम्याट खाता अभियानका साथै ४ वर्षको नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नवीकरण हुने, रु.२ हजार ५०० एकमुष्ट भुक्तानी गर्दा लाइफटाइम डिम्याट खाता नवीकरण हुने, अनलाइनमार्फत डिम्याट खाता खोल्दा १ घन्टाभित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउनेलगायतका योजनाहरु सञ्चालन गरिरहेको छ।

संस्थागत परामर्श सेवा

समिक्षा अवधिमा क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत क्ःभ्’क अर्थात साना तथा मझौला उद्यमीहरुलाई कोरोनाबाट पर्न गएको असरलाई न्यूनीकरण गरी उनीहरुको व्यवसायलाई पुनरुत्थान गर्नका लागि ‘ऋयखष्म च्भखष्खब िक्तचबतभनथ’ नामक संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। उक्त सेवाअन्तर्गत Resilient Business Plan, Business Re-modeling & Reengineering, Valuation, APT Market Research Services, Cash Vs Profit Strategy, Capital Budgeting, Favorable Loan and Financing Assistance & Other Tailormade Corporate Advisory Services जस्ता सेवाहरु प्रदान गरेको छ।

मर्चेन्ट बैंकिङ सेवा

क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत आव २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। निष्कशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म ७ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोलमार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ।