काठमाण्डौ । गत आर्थिक वर्षका लागि एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुका नगद लाभांश घोषणा गरिएको छ।
गत साउन १५ गते बसेको योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले एनआईसी एसिया ग्रोथ फन्ड, ब्यालेन्स्ड फन्ड र डाइनामिक डेप्ट फन्डको नगद लाभांश घोषणा गरेको छ। जसअनुसार करसहित ग्रोथ फन्डको ३० प्रतिशत, ब्यालेन्स्ड फन्डको ३० प्रतिशत र डाइनामिक डेप्ट फन्डको १० प्रतिशत रहेको छ।
यीमध्ये ग्रोथ फन्ड ७ वर्षे र ब्यालेन्स्ड फन्ड १० वर्षे बन्दमुखी योजना हुन्। डाइनामिक डेप्ट फन्ड भने खुलामुखी योजना हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago