काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड कर्पोरेट कार्यालयको आयोजनामा विभागीय प्रमुख, विभागीय कर्मचारी र अनलाइन माध्यमबाट सम्पूर्ण शाखा प्रमुखहरुको धितो मूल्यांकनसम्बन्धी क्षमता अभिवृद्धि तालिम काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा सम्पन्न भएको छ।
संस्थाको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेको आतिथ्यमा भएको कार्यक्रममा सिभिल लिंक कन्सलटेन्सीका भरत बन्जारा र नापी तालिम केन्द्रका योजना अधिकृत सञ्जय मानन्धरले सहभागीलाई सहजीकरण गरेका थिए। तालिममा सिभिल लिंक कन्सलटेन्सीका भरत बन्जाराले धितो मूल्यांकन कसरी गर्ने, धितो मूल्यांकन गर्दा के–कस्ता व्यवहारिक पाटोहरुलाई ध्यान दिने र नापी तालिम केन्द्रका योजना अधिकृत सञ्जय मान्नधरले नक्सा के हो, फिल्डमा धितो निरिक्षण गर्दा के–के कुरामा ध्यान दिन पर्ने, नक्साका आधारमा कसरी क्षेत्रफल निकाल्नेलगायत बिभिन्न नापीसम्बन्धी मोबाइल एप्लिकेसनका जानकारी तथा प्रयोग गर्ने बारेमा प्रशिक्षण दिएका थिए।
कार्यक्रमको समापनमा आफ्नो मन्तव्य राख्दै संस्था प्रमुख कार्यकारी अधिकृत चालिसेले कर्मचारी भनेको संस्थाको अमूल्य संम्पति रहेको उल्लेख गर्दै कर्मचारीको क्षमता वृद्धि भए संस्थाको लक्ष्य हासिल हुने बताए। उनले क्षमता अभिवृद्धिमा भावी दिनमा समेत तालिम कार्यक्रमको आयोजना गरिने जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19