काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशअन्तर्गत रहेका आफ्ना कर्मचारीलाई व्यवसाय प्रवर्द्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम दिएको छ।
बाँकेको कोहलपुर, दाङको लमही, सुर्खेतको वीरेन्द्रनगर र सल्यानको सल्लीबजार र कैलालीको लम्किचुहा गरी २५० जनाभन्दा बढी कर्मचारीलाई विभिन्न मितिमा संस्थाले एकदिने तालिम दिएको हो। संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुंगाना, व्यवसाय प्रवर्द्धन विभागका राकेश श्रेष्ठ र कर्जा विभागका रमेश खनालले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को लक्ष्यको जानकारी, व्यवसाय विस्तारका रणनीति, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरीयता, समूह प्रवेश पूर्वतालिम र कर्मचारी उत्प्रेरणालगायतका विषयवस्तुहरु प्रशिक्षण दिएका थिए।
यस आर्थिक वर्षमा लघुवित्त क्षेत्रकै सबल, सक्षम एवं विश्वसनीय लघुवित्त बनाउनका लागि यस्ता खालका तालिम कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सदस्यहरुलाई कर्जा सेवा प्रवाह गर्दा परिस्कृत सेवा दिन सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुंगाना बताए।
वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७३ जिल्लामा २७२ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथीसँगै सबल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन.आइ.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्तापुँजी भएको देशकै एक ठूलो, सबल, सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको छ ।
त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्तले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बंकै तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहीअनुरुप कार्य गर्ने जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago