काठमाण्डौ । एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ योजनाको प्रतिफल सुरक्षित गर्ने आज भदौ २४ गते अन्तिम मौका रहेको छ।
योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडको गत साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट घोषित एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया ब्यालेन्सड् फन्ड र एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको प्रतिफल वितरण प्रयोजनका लागि यही भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ २४ गते (भदौ २५ गते शुक्रबार र भदौ २६ गते शनिबार) सम्म कायम इकाइधनीले यी दुवै फन्डको प्रतिफल पाउन योग्य हुनेछन्।
गत आर्थिक वर्षका लागि एनआईसी एसिया ग्रोथ फन्ड र ब्यालेन्सड् फन्ड दुवैका इकाइधनीहरुलाई करसहित ३०/३० प्रतिशत तथा डाइनामिक डेप्ट फन्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा एनआईसी एसिया क्यापिटलले गरेको छ।
यीमध्ये ग्रोथ फन्ड ७ वर्षे र ब्यालेन्सड् फन्ड १० वर्षे बन्दमुखी योजना हुन्। डाइनामिक डेप्ट फन्ड भने खुलामुखी योजना हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19