काठमाण्डौ । गत आर्थिक वर्षको प्रतिफलका लागि एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको मूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्जमा एनआईसी एसिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको मूल्य समायोजन भएको हो। समोजित मूल्यअनुसार प्रतिइकाइ ब्यालेन्सड् फन्डको ११.२७ रुपैयाँ र ग्रोथ फन्डको १२.२२ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिइकाइ ब्यालेन्सड् फन्डको १४.२७  र ग्रोथ फन्डको १५.२२ रुपैयाँ रहेको थियो।

यी फन्डको प्रतिफल वितरण प्रयोजनार्थ योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आज भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत भदौ २४ गते ९भदौ २५ गते शुक्रबार र भदौ २६ गते शनिबार० सम्म कायम इकाइधनीले यी दुवै फन्डको प्रतिफल पाउन योग्य भएका छन्। 

गत आर्थिक वर्षका लागि एनआईसी एसिया ग्रोथ फन्ड र ब्यालेन्सड् फन्ड दुवैका इकाइधनीहरुलाई करसहित ३०/३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा एनआईसी एसिया क्यापिटलले गरेको छ। यीमध्ये ग्रोथ फन्ड ७ वर्षे र ब्यालेन्सड् फन्ड १० वर्षे बन्दमुखी योजना हुन्।