काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा जोखिम तथा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम असोज १ र २ गते नगरकोटस्थित बोझिनी नगरकोट रिर्सोटमा सम्पन्न गरेको छ।

देशभरिका अनुगमन अधिकृत, उपप्रदेशिक कर्जा असुली अधिकृत तथा व्यवस्थापन अधिकृत लगाएत कार्पोरेट कार्यालयका कर्मचारीाई तालिम दिइएको हो। 

कार्यक्रममा कर्जा जोखिमका विभिन्न आयम, कर्जा जोखिम न्यूनीकरणका उपाय, व्यवसाय प्रवर्द्धन, भाखा नाघेको कर्जा व्यवस्थापन, डिजिटलाइजेसन, सम्पत्ति शुद्धीकरण, कानुनि प्रक्रिया, सकारात्मक सोच, कर्मचारी उत्प्रेरणा लगाएतका विषयमा सम्बन्धित विभागीय प्रमुखहरुले प्रशिक्षण दिएका थिए। 

त्यस्तै संस्थाले ६० जना कर्मचारीको सहभागितामा डडेलधुराको रातो गुराँस रिर्सोटमा व्यवसाय प्रर्वद्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन दुईदिने तालिम पनि सम्पन्न गरेको छ।