काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

शाखा कार्यालय अमरदहले करिब १०० जना स्थानीयको सहभागितामा दुईदिने जनचेतनामूलक कार्यक्रम समापन गरेको हो। 

वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, नोटको जतन, वीमा, विप्रेषण, वित्तीय साक्षरताको महत्तव, बैंकका प्रकार, डिजिटल्याईजेशन लगाएतका विषयमा भिडियो तथा दृश्य सामग्री प्रस्तुत गरिएको थियो। 

त्यस्तै सफा, स्वच्छ तथा सुन्दर अमरदहको नारा सहित अमरदह बजार परिसार साथै वरिपरिका अन्य स्थान सरसफाइ गरिएको हो। स्थानीय युवा, युवम क्लब, महिला, नेपाल प्रहरी, बजार व्यवस्थापन समितिको सहभागितामा सरसफाई कार्यक्रम समापन गरिएको थियो। अगामी दिनमा समेत सरसफाई कार्यक्रम अयोजना गर्न सहज हुने अभिप्रायका साथ संस्थाले बजार व्यवस्थापन समितिलाई डस्टविन साथै झाडु समेत हस्थान्तरण गरेको थियो। 

कार्यक्रम समापनमा बजार व्यवस्थापन समितिका सदस्य साथै नेपाल प्रहरीका प्रतिनिधिले एनआईसी एशिया लघुवित्तले स्थानीयले अहिलेसम्म नगरेको सरसफाइ तथा वित्तीय साक्षरता कार्यक्रम आयोजन गरी सहभागिताका लागि आमन्त्रण गरेकोमा खुसी व्यक्त गरेका थिए।