काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडीमा वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
शाखा कार्यालय जामुनखाडीले विहानको समयमा सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा सरसफाइ कार्यक्रम समपन्न गरेको छ। आउँदै गरेकै बडादसैँ तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान साथै सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो।
जामुनखाडि स्र्पोट क्लब, नमुना महिला समूह, सप्तरंगी महिला समूह र कृषि सहकारी संस्थाको सहयोग र एनआईसी एशिया लघुवित्तको आयोजनामा जामुनखाडी बजार परिसर र प्रमुख पर्यटकीयस्थल जामुनखाडी सीमसार क्षेत्र सरसफाइ गरिएको हो।
त्यस्तै शाखा कार्यालयले दिउँसोको समयमा करिब १०० जनाको सहभागितामा वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, नोटको जतन, वीमा, विप्रेषण, वित्तीय साक्षरताको महत्तव, बैंकका प्रकार, डिजिटल्याइजेसनलगायतका विषयमा भिडियो तथा दृश्य सामग्री प्रस्तुत्त गरिएको थियो।
स्थानीय युवा, क्लब, महिला, नेपाल प्रहरी, बजार व्यवस्थापन समितिको सहभागितामा दुवै कार्यक्रम समापन गरिएको थियो। संस्थाले स्थानीयलाई डस्टविन साथै झाडुसमेत हस्थान्तरण गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago