काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा झापा जिल्लाको बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। 

शाखा कार्यालय राजगढले सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ७० जनाको सहभागितामा सरसफाई कार्यक्रम समपन्न गरेको हो। आउँदै गरेकै बडादसैँ तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान साथै सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। 

इलाका प्रहरी कार्यलय–राजगढ, पाथीभरा चेतनशील महिला समूह, वडा कार्यालय बाह्रदशी –३, उद्योग वाणिज्य संघ राजगढ, वडा स्तरीय महिला उपभोक्ता समिति राजगढ लगाएत स्थानीयहरुको सहयोग र एन आई सी एशिया लघुवित्तको आयोजनामा राजगढ बजार परिसर सरसफाइ गरिएको हो। यसका साथै अगामी दिनमा समेत सरसफाइ कार्यक्रम अयोजना गर्न सहज हुने अभिप्रायका साथ संस्थाले स्थानीयलाई डस्टविन साथै झाडु समेत हस्थान्तरण गरेको छ।