काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले आफ्ना शाखा कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरिरहेका समुदायका मानिस, स्थानीय व्यपारी तथा विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता जनचेतना कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा संस्थाका कर्मचारीले समुदायमा मानिस भेला गरेर, स्थानीय व्यपारीको पसल तथा मानिस जमघट हुने स्थानमा वित्तीय साक्षरताको महत्तव, लघुवित्तका सेवासुविधा, बचत, बीमा तथा कर्जाको महत्व, विप्रेषण, आम्दानीअनुसार बचत गर्ने बानीको विकास, बचतका प्रकार, डिजिटल बैैंकिङ, आवश्यकताअनुसार खर्च गर्ने बानिको विकास आदिका बारेमा जानकारी गराएका थिए।
विभिन्न शाखा कार्यालयले शनिबार देशव्यापी रुपमा गरिएको कार्यक्रममा करिब २ लाख मानिस लाभान्वित भएको संस्थाले जनाएको छ ।
साथीसँगै, सबल बन्दै भन्ने मूल नाराका साथ देशभरि नै सेवा दिइरहेको संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोटजस्ता दुर्गम जिल्लामा समेत शाखा विस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतनालगायतका विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्र्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19