काठमाण्डौ । एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको १३ लाख बढी कित्ता सेयर आज साउन ५ गतेदेखि लिलामीमार्फत बिक्रीमा राखिएको छ।
एनआईसी एसिया बैंकको ७ लाख १७ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य एनआईसी एसिया बैंकको प्रतिकित्ता ४२५ रुपैयाँ र नेपाल लाइफको प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
यो लिलामी सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरबाट खरिद आवेदन दिन सक्नेछन्।
यी लिलामी सेयरमा साउन १९ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago