काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ५ वटा योजनाहरुको असार मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कोष प्रवर्द्धक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेका एनआईसी एशिया ब्यालेन्सड् फन्ड, एनआईसी एशिया ग्रोथ फन्ड, एनआईसी एशिया डाइनामिक डेप्ट फन्ड, एनआईसी एशिया सलेक्ट–३० (इन्डेक्स फन्ड) र एनआईसी एशिया फलेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। 

असारमा एनआईसी एशिया ब्यालेन्सड् फन्डको न्याभ बढेर १२.१७ रुपैयाँ पुगेको छ। जेठमा न्याभ १२.०७ रुपैयाँ थियो। 

असारमा यो योजनाको सूचीकृत सेयरमा लगानी घटेर ४४ करोड ७६ लाख रुपैयाँमा सीमित बनेको छ। गत जेठमा सूचीकृत सेयरमा लगानी ४७ करोड १५ लाख रुपैयाँ थियो। ऋणपत्रमा लगानी १८ करोड २ लाख रुपैयाँ छ। 

असार मसान्तसम्म यो योजनाबाट कुल ७२ करोड ३८ लाख रुपैयाँ लगानी भएको छ। जेठमा कुल लगानी ७५ करोड ८० लाख रुपैयाँ थियो। 

असारमा यस योजनाको कुल नाफा १४ करोड ९५ लाख रुपैयाँ रहेको छ। गत जेठमा नाफा १४ करोड २५ लाख रुपैयाँ थियो। 

असारमा एनआईसी एशिया ग्रोथ फन्डको न्याभ बढेर १२.८१ रुपैयाँ पुगेको छ। जेठमा न्याभ १२.६५ रुपैयाँ थियो। 

असारमा यो योजनाको सूचीकृत सेयरमा लगानी घटेर ६२ करोड ८६ लाख रुपैयाँमा सीमित बनेको छ। गत जेठमा सूचीकृत सेयरमा लगानी ६३ करोड २८ लाख रुपैयाँ थियो। ऋणपत्रमा लगानी ८ करोड ३७ लाख रुपैयाँ छ। 

असार मसान्तसम्म यो योजनाबाट कुल ८४ करोड ३६ लाख रुपैयाँ लगानी भएको छ। जेठमा कुल लगानी ८६ करोड ८ लाख रुपैयाँ थियो। 

असारमा यस योजनाको कुल नाफा २० करोड ५२ लाख रुपैयाँ रहेको छ। गत जेठमा नाफा १९ करोड २५ लाख रुपैयाँ थियो। 

असारमा एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको न्याभ बढेर १०.७२ रुपैयाँ पुगेको छ। जेठमा न्याभ १०.६४ रुपैयाँ थियो। 

असारमा यो योजनाको सूचीकृत सेयरमा लगानी बढेर १० करोड १८ लाख रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा लगानी ९ करोड १० लाख रुपैयाँ थियो। ऋणपत्रमा लगानी २६ करोड ७१ लाख रुपैयाँ छ। 

असार मसान्तसम्म यो योजनाबाट कुल ४५ करोड ४८ लाख रुपैयाँ लगानी भएको छ। जेठमा कुल लगानी ४० करोड ५२ लाख रुपैयाँ थियो। 

असारमा यस योजनाको कुल नाफा ३ करोड २८ लाख रुपैयाँ रहेको छ। गत जेठमा नाफा २ करोड ९१ लाख रुपैयाँ थियो। 

असारमा एनआईसी एशिया सलेक्ट–३० (इन्डेक्स फन्ड) को न्याभ बढेर ९.८१ रुपैयाँ पुगेको छ। जेठमा न्याभ ९.७३ रुपैयाँ थियो। 

असारमा यो योजनाको सूचीकृत सेयरमा लगानी बढेर १९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा लगानी १९ करोड ७ लाख रुपैयाँ थियो। 

असार मसान्तसम्म यो योजनाबाट कुल ३५ करोड १४ लाख रुपैयाँ लगानी भएको छ। जेठमा कुल लगानी ३४ करोड ८५ लाख रुपैयाँ थियो। 

असारमा यस योजनाको कुल नोक्सानी १ करोड ६१ लाख रुपैयाँ रहेको छ। गत जेठमा नोक्सानी २ करोड ७१ लाख रुपैयाँ थियो। 

असारमा एनआईसी एशिया फलेक्सी क्याप फन्डको न्याभ ९.९७ रुपैयाँ रहेको छ। असारमा यो योजनाको सूचीकृत सेयरमा लगानी २१ करोड १ लाख रुपैयाँ रहेको भने कुल ३२ करोड ९ लाख रुपैयाँ लगानी भएको छ। असारमा यस योजनाको कुल नोक्सानी २९ लाख ७१ हजार रुपैयाँ रहेको छ।