काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको चमत्कारिक बचत खाता योजनाअन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई रु. १५ लाख बीमा रकम प्रदान गर्ने सुविधाअन्तर्गत अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकमबापतको चेक हस्तान्तरण गरेको छ ।
चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँचीको अर्घा–२ का भुसाललाई क्यान्सर रोग लागेको र उक्त खाताअन्तर्गत क्यान्सरलगायतका १८ घातक रोग लागेका खातावाललाई रोग पहिचान हुनेबित्तिकै प्रदान गरिने बीमाबापतको रकम रु. १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्तान्तरण गरेका हुन् । आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पुर्याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधालगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०४ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १९ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19