काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्ध एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका एनआईसी एसिया ब्यालेन्सड् फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया सेलेक्ट–३० र एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ४ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनमा बढेको छ। 

साउनमा एनआईसी एसिया ब्यालेन्सड् फन्ड न्याभ बढेर १२.१९ रुपैयाँ पुगेको छ। असारमा न्याभ १२.१७ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा ७२ करोड ११ लाख रुपैयाँमा झरेको छ। असारमा कुल लगानी ७२ करोड ३८ लाख रुपैयाँ थियो। 

साउनमा नाफा पनि घटेर ५ करोड ६७ लाख रुपैयाँमा सीमित बनेको छ। असारमा नाफा १४ करोड ९५ लाख रुपैयाँ थियो।

साउनमा एनआईसी एसिया ग्रोथ फन्ड न्याभ बढेर १२.८५ रुपैयाँ पुगेको छ। असारमा न्याभ १२.८१ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा ८१ करोड ३० लाख रुपैयाँमा झरेको छ। असारमा कुल लगानी ८४ करोड ३६ लाख रुपैयाँ थियो। 

साउनमा नाफा पनि घटेर ११ करोड ३८ लाख रुपैयाँमा सीमित बनेको छ। असारमा नाफा २० करोड ५२ लाख रुपैयाँ थियो।

साउनमा एनआईसी एसिया सेलेक्ट–३० को न्याभ बढेर ९.९४ रुपैयाँ पुगेको छ। असारमा न्याभ ९.८१ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा ३३ करोड ३६ लाख रुपैयाँमा झरेको छ। असारमा कुल लगानी ३५ करोड १४ लाख रुपैयाँ थियो। 

साउनमा यो योजनाले ६ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत असार पनि पनि १ करोड ६१ लाख रुपैयाँ घाटा भएको थियो। 
साउनमा एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड न्याभ बढेर १०.७८ रुपैयाँ पुगेको छ। असारमा न्याभ १०.७२ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा ४५ करोड ३४ लाख रुपैयाँमा झरेको छ। असारमा कुल लगानी ४५ करोड ४८ लाख रुपैयाँ थियो। 

साउनमा नाफा पनि घटेर १ करोड ४० लाख रुपैयाँमा सीमित बनेको छ। असारमा नाफा ३ करोड २८ लाख रुपैयाँ थियो।