काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको माघ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। 

माघमा सेलेक्ट–३० को न्याभ १०.२५ रुपैयाँ कायम भएको छ। गत पुसमा पनि न्याभ १०.२९ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४६ करोड १८ लाख रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ३९ करोड ९६ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल घाटा १ करोड ६ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल घाटा १ करोड ४७ लाख रुपैयाँ थियो।

यसैगरी माघमा डाइनामिक डेप्ट फन्डको न्याभ सामान्य घटेर १०.७२ रुपैयाँ कायम भएको छ। गत पुसमा यो योजनाको न्याभ १०.७३ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४८ करोड ७२ लाख रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ४७ करोड ४६ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा ३ करोड १८ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा ३ करोड २० लाख रुपैयाँ थियो।

माघमा ग्रोथ फन्डको न्याभ पनि घटेर ११.९५ रुपैयाँ कायम भएको छ। गत पुसमा न्याभ १२.१२ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ८७ करोड ५४ लाख रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ८९ करोड ६३ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा १५ करोड २२ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा १६ करोड ६७ लाख रुपैयाँ थियो।

यस्तै माघमा ब्यालेन्सड् फन्डको न्याभ घटेर ११.२६ रुपैयाँ कायम भएको छ। गत पुसमा न्याभ ११.४६ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७७ करोड १२ लाख रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ७८ करोड ६१ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा ८ करोड १३ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा ९ करोड ६३ लाख रुपैयाँ थियो।