काठमाण्डौ । एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर आज (फागुन ३० गते)बाट बिक्रीमा राखिएको छ।
संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाममा रहेको एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्य खोली खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाण्डौको थापाथलीस्थित बैंकको रजिस्र्ड कार्यालयमा पेस गर्नुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित व्यवस्थाअनुसार अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago