काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको इकाइ कारोबारमा लाग्ने डीपी शुल्क घटाइएको छ। 

सीडीएसएसीबाट फागुन २५ प्राप्त पत्रका आधारमा यो योजनाको इकाइ कारोबार लाग्ने डीपी शुल्क घटाइएको योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले जनाएको छ। जसअनुसार चैत १ गतेबाट यो योजनामा प्रतिकारोबार ५ रुपैयाँ डीपी शुल्क लाग्ने व्यवस्था गरिएको छ। 

यसअघि प्रतिकारोबार २५ रुपैयाँ डीपी शुल्क लाग्दै आएको थियो। 

यो खुलामुखी योजनाको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक रहेको छ।