काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असार महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। 

असारमा सेलेक्ट–३० को न्याभ बढेर १०.७४ रुपैयाँ कायम भएको छ। गत जेठमा पनि न्याभ १०.४३ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७६ करोड ६५ लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ६६ करोड ६ लाख रुपैयाँ थियो।

असारमा यो योजनाको कुल नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल नाफा ३४ लाख ७७ हजार रुपैयाँ थियो।

यसैगरी असारमा डाइनामिक डेप्ट फन्डको न्याभ पनि बढेर ११.१० रुपैयाँ कायम भएको छ। गत जेठमा यो योजनाको न्याभ १०.८३ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४९ करोड २० लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ४८ करोड ४४ लाख रुपैयाँ थियो।

असारमा यो योजनाको कुल नाफा ५ करोड २८ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल नाफा ३ करोड ७९ लाख रुपैयाँ थियो।

असारमा ग्रोथ फन्डको न्याभ भने सामान्य बढेर ११.९८ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ ११.६१ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७४ करोड १२ लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ७९ करोड ८० लाख रुपैयाँ थियो।

असारमा यो योजनाको कुल नाफा १५ करोड ७२ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल नाफा १२ करोड ६७ लाख रुपैयाँ थियो।

यस्तै असारमा ब्यालेन्सड् फन्डको न्याभ पनि बढेर ११.२८ रुपैयाँ नै कायम भएको छ। गत जेठमा पनि न्याभ १०.९६ रुपैयाँ नै थियो। 

यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६१ करोड ५० लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ६७ करोड ७ लाख रुपैयाँ थियो।

असारमा यो योजनाको कुल नाफा ९ करोड २१ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल नाफा ६ करोड ७६ लाख रुपैयाँ थियो।